मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाको केन्द्रीय समिति बैठक बिहीबार, संसदीय दल नेता चयन मुख्य एजेन्डा

1.2K
SHARES
रास्वपाको केन्द्रीय समिति बैठक बिहीबार, संसदीय दल नेता चयन मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत १२ गते बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय चःमतिमा बस्ने तय भएको छ ।

पार्टीका प्रवक्ता मनिष झाले बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने जानकारी दिएका छन् । यससँगै पार्टीको विधानसम्बन्धी प्रावधानहरूबारे पनि विस्तृत छलफल गरिने जनाइएको छ ।

यसअघि नै रास्वपाले चुनावअघि वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो । अब सोही सन्दर्भमा संसदीय दलको नेतृत्व चयन प्रक्रियाबारे निर्णय गर्न बैठक महत्वपूर्ण मानिएको छ ।

उता, संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ पनि सोही दिनका लागि तय गरेको छ । शपथलगत्तै बस्ने केन्द्रीय समिति बैठकमा विधान संशोधनको विषय समेत प्राथमिकतामा रहनेछ ।

हालको विधानको धारा ६६ (८) अनुसार, संसदीय दलको नेता चयनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूबीच निर्वाचन हुने र त्यसमा पार्टीका सबै साधारण सदस्यहरूले मतदान गर्न पाउने व्यवस्था छ । तर, उक्त व्यवस्था परिमार्जन गरी वरिष्ठ नेतालाई दलको नेता प्रस्ताव गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै दुई तिहाइ नजिक मत प्राप्त गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १०, मंगलवार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP