मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस–एमालेबीच असमझदारी हुनु स्वाभाविक होः सभापति देउवा

2.3K
SHARES
कांग्रेस–एमालेबीच असमझदारी हुनु स्वाभाविक होः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका प्रमुख दुई दल कांग्रेस र नेकपा एमालेबीच देखिएको असमझदारीलाई स्वाभाविक भनेका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले विचारधारा र नीति फरक भएकाले कांग्रेस र एमालेबीच कहिलेकाहीँ मतभेद देखिनु स्वाभाविक भएको बताएका हुन् । ‘कांग्रेस र एमाले अलग–अलग विचार र सिद्धान्तका दल हुन् । यस्तोमा असमझदारी देखिनु सामान्य हो,’ देउवाले भने, ‘सरकार भने आपसी सहमतिमा नै अघि बढिरहेको छ।’

उनको भनाइ अनुसार, सरकारमा रहेका दलबीच सबै विषयमा शतप्रतिशत सहमति हुनु सधैं सम्भव नहुने भएकाले बेलाबेलामा धारणा फरक हुनु स्वाभाविक हो । तर यस्ता मतभेदले सरकारको कामकाजलाई असर नपर्ने उनको जिकिर थियो ।

देउवाको यो टिप्पणी हालै केही नीतिगत निर्णयहरूमा कांग्रेस र एमालेबीच मतभेद देखिएको चर्चा चलिरहेका बेला आएको हो । बजेट निर्माण, संवैधानिक नियुक्ति र विगतका राजनीतिक घटनाक्रमको मूल्यांकनमा पनि दुई दलबीच मत फरक देखिँदै आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १३, शुक्रबार ०६:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP