मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

क्यासिनोमा नेपाली : जुवा खेल्ने र खेलाएको आरोपमा ११ जना पक्राउ

104
SHARES
क्यासिनोमा नेपाली : जुवा खेल्ने र खेलाएको आरोपमा ११ जना पक्राउ

 

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा तथा तास खेल्ने खेलाउने गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका–१ तौलुङमा रहेको क्यासिनोबाट नेपालीलाई जुवा खेल्ने खेलाउन संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका–६ का ३४ वर्षीय बिकी लामा, सोलुखुम्बु माकालुङ गाउँपालिका–३ का ३९ वर्षीय नुवाङ शेर्पा, दूधकुण्ड नगरपालिका–९ का ३९ वर्षीय पासाङ शेर्पा, सिन्धुली गोलन्जोर गाउँपालिका–५ की ३२ वर्षीया ज्योति मगर र दोलखा बैतेश्वर गाउँपालिका–८ का ३५ वर्षीय नारायण खत्री छन् ।

त्यस्तै, काठमाडौंका ४४ वर्षीय दिल लामा, काभ्रे रोशी गाउँपालिका–१ का ४४ वर्षीय अशोक लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–३ का ३२ वर्षीय सञ्जय तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ का ४० वर्षीय आशिष खड्का, ललितपुरका ४९ वर्षीय सविनमान श्रेष्ठ र धनकुटा जोरपाटी गाउँपालिका–४ का ३० वर्षीय सुदीप अधिकारी पक्राउ परेका छन् ।

काठमाडौं परिसर र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले मंगलबार दिउँसो क्यासिनोमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट १० लाख ८५ हजार ६ सय रुपैयाँ नगदसहित केही क्यासिनो क्वाइन बरामद गरिएको छ ।

उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट दुई दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ३०, मंगलवार ०७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP