मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इस्लामावाद वार्ता निष्कर्षविहीन, अमेरिकी टोली स्वदेश फिर्ता

169
SHARES
इस्लामावाद वार्ता निष्कर्षविहीन, अमेरिकी टोली स्वदेश फिर्ता

काठमाडौं । इरानसँगको वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल कुनै सहमति बिना नै स्वदेश फर्किएको छ । उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको टोलीले वार्ताबाट ठोस उपलब्धि हासिल गर्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार भान्स सवार एयरफोर्स टु इस्लामावादबाट उडान भर्ने तयारीमा थियो । प्रस्थानअघि होटल सेरेनामा आयोजित संक्षिप्त पत्रकार भेटमा उनले वार्ता निष्कर्षमा नपुगेको स्पष्ट पारे ।

भान्सका अनुसार इरानी पक्षले अमेरिकी प्रस्तावहरू स्वीकार गर्न तयार देखिएन । यद्यपि उनले कुन प्रस्तावहरू अस्वीकार गरियो भन्ने विवरण खुलाएनन् । उनले भने, अमेरिका आफ्ना सर्तहरूमा यथासम्भव लचिलो बनेको थियो र ‘रेड लाइन’हरू पनि स्पष्ट रूपमा राखिएको थियो ।

उनले वार्तालाई पूर्ण रूपमा असफल भने घोषणा नगरे पनि अमेरिका आफ्नो “अन्तिम र उत्कृष्ट प्रस्ताव” प्रस्तुत गरेर फर्किएको बताए । अब उक्त प्रस्ताव इरानले स्वीकार गर्छ कि गर्दैन भन्ने हेर्न बाँकी रहेको उनले उल्लेख गरे ।

वार्ताका क्रममा भान्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पटक–पटक टेलिफोन संवाद गरेका थिए । अमेरिकी पक्षबाट विशेष दूत स्टिभ विटकफ र ज्यारेड कुश्नर सहभागी थिए भने इरानको तर्फबाट सभामुख मोहम्मद बाघेर गालीबाफ र विदेशमन्त्री अब्बास अरागची उपस्थित थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २९, आईतवार ०३:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP