मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्की र कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहबीच चुनावी तयारीबारे छलफल

1.7K
SHARES
प्रधानमन्त्री कार्की र कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहबीच चुनावी तयारीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा उभिएको समूहका नेताहरूसँग मंगलबार भेटवार्ता गरेकी छन् । आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माणबारे प्रधानमन्त्रीले विभिन्न राजनीतिक पक्षसँग निरन्तर संवाद गरिरहेकै क्रममा यो भेट भएको बताइएको छ ।

कांग्रेस नेता गुरूराज घिमिरेका अनुसार प्रधानमन्त्रीले चुनावी माहोल तयार गर्न सबै पक्षको सहयोग आवश्यक भएको र मुलुकलाई लोकतान्त्रिक प्रक्रियाअनुरूप अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । ‘‘प्रधानमन्त्रीले अहिलेको राजनीतिक अवस्थाबारे आफ्नो बुझाइ राख्नुभयो । देशलाई स्थिर मार्गमा अघि बढाउन तोकिएको समयमा नै चुनाव सम्पन्न गर्नुपर्नेमा उहाँ दृढ हुनुहुन्छ,’’ घिमिरेले बताए ।

भेटमा सहभागी कांग्रेस नेताहरूले पार्टीले २१ फागुनमा तोकिएको निर्वाचनलाई सकारात्मक रूपमा लिएको र पूर्ण रूपमा सहभागी हुने जानकारी दिएको घिमिरेले सुनाए । ‘‘प्रधानमन्त्रीले चुनावको वातावरण बनाउन आग्रह गर्नुभयो। हामीले पनि निर्वाचनलाई स्वागत गर्दै सहभागी हुने कुरा स्पष्ट रूपमा राख्यौं,’’ उनले थपे ।

भेटवार्ताले आगामी निर्वाचन तयारीमा राजनीतिक दलहरूबीच सहकार्य र संवादका प्रक्रिया थप सक्रिय बन्दै गएको संकेत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २, मंगलवार ०७:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP