मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेस्सीको दुई गोलमा इन्टर मियामी प्लेअफमा प्रवेश

2.6K
SHARES
मेस्सीको दुई गोलमा इन्टर मियामी प्लेअफमा प्रवेश

न्युयोर्क । लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले बुधबार राति न्यूयोर्क सिटी एफसीलाई ४–० ले पराजित गर्दै एमएलएस कप प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

सिटी फील्डमा भएको खेलमा मेस्सीले दुई गोल (७४’ र ८६’) गरेका थिए भने ४३औँ मिनेटमा बाल्टासार रोड्रिग्जको गोलमा असिस्ट गरे । लुइस सुवारेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।

पूर्व बार्सिलोना जोडीको उत्कृष्ट खेल
सर्जियो बुस्केट्सले रोड्रिग्जको पहिलो गोल र मेस्सीको दोस्रो गोलमा पास उपलब्ध गराए । बुस्केट्स २०२५ एमएलएस सिजनपछि संन्यास लिन सक्ने अनुमान भइरहेका बेला उनले अझै पनि टोलीलाई महत्वपूर्ण योगदान दिइरहेका छन् । प्रशिक्षक जाभियर माश्चेरानोले भने, “बुस्केट्स अझै पनि विश्वस्तरीय प्रदर्शन गरिरहेका छन् । उनी हाम्रो लागि प्लेअफमा प्रमुख खेलाडी हुनेछन् ।”

सुवारेजको पुनरागमन
तीन खेलको निलम्बनपछि फर्किएका सुवारेजले मेस्सीले अवसर दिएर पेनाल्टीमार्फत गोल गरे । अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डे पउललाई फल गरेपछि प्राप्त पेनाल्टी सुवारेजले सजिलै गोलमा परिणत गरे ।

रेकर्ड तोड्दै मेस्सी
मेस्सीले लगातार दोस्रो खेलमा दुई गोल गरेका हुन् । यससँगै उनले एकै सिजनमा आठ पटक दुई वा बढी गोल गर्ने चौथो खेलाडी बनेका छन् । मेस्सीले एमएलएस गोल्डेन बुट दौडमा २४ गोलसहित अग्रता लिएका छन् । उनले एलएएफसीका डेनिस बुआङ्गालाई पछि पारेका हुन् ।

उनले ३७ गोल योगदानसहित (गोल र असिस्ट) एमएलएस इतिहासमै लगातार दुई सिजन ३५ भन्दा बढी योगदान गर्ने पहिलो खेलाडी बनेका छन् ।

यस जितपछि इन्टर मियामी ५५ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ । फिलाडेल्फिया (६० अङ्क) र एफसी सिनसिनाटी भन्दा पछाडि रहे पनि टोलीले एमएलएस सपोर्टर्स’ शिल्ड जित्ने सम्भावना कायम राखेको छ ।

इन्टर मियामीले अब क्यानडामा यात्रा गर्दै आगामी आइतबार (सेप्टेम्बर २७) टोरन्टो विरुद्ध खेल्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार ०५:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP