मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एकैदिन सुनको मूल्यमा ऐतिहासिक उछाल, प्रतितोला २ लाख ९५ हजार नाघ्यो

1.5K
SHARES
एकैदिन सुनको मूल्यमा ऐतिहासिक उछाल, प्रतितोला २ लाख ९५ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिनमा तोलामा १० हजार ४ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च दर हो ।

यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र गतिमा बढेकाले त्यसको असर स्वदेशी बजारमा पनि देखिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेसँगै स्थानीय बजारमा पनि मूल्य आकासिएको हो ।

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले वृद्धि हुँदै चाँदी ५ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँ थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ७, बुधबार ०६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP