मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महामन्त्री शर्माको कडा टिप्पणीः प्रधानमन्त्रीकै दबाबमा विधेयक हतारिएको, सत्ता समीकरण अस्थिर हुन सक्ने

2.2K
SHARES
महामन्त्री शर्माको कडा टिप्पणीः प्रधानमन्त्रीकै दबाबमा विधेयक हतारिएको, सत्ता समीकरण अस्थिर हुन सक्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबाबमा भूमिसम्बन्धी विधेयक हतारमा अघि बढाइएको आरोप लगाएका छन् ।

बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी विचार फाउण्डेसनले आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतिको आधार–बीपीको विचार’ विषयक कार्यक्रममा बोल्दै उनले भूमिसम्बन्धी विधेयकमा सहमति बिना बलपूर्वक अघि बढाइएको बताए ।

महामन्त्री शर्माका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री बलराम अधिकारीले प्रधानमन्त्रीको निर्देशनमा अनावश्यक हतारो गरेका हुन् ।

उनले कांग्रेस एमालेसँगको गठबन्धनलाई चेक–ब्यालेन्सविहीन समर्थन मान्न नहुने स्पष्ट पारे । ‘गठबन्धन छ भन्दैमा जे ल्याए पनि आँखा चिम्लेर पारित गरिदिन्छौं भन्ने होइन,’ शर्माले भने, ‘विधेयक संसदबाट पारित हुनु अघि गम्भीर छलफल आवश्यक छ ।’

शर्माले निजामती सेवा सम्बन्धी विधेयकमा पनि असन्तुष्टि जनाए । राज्य व्यवस्था समितिबाट दुई वर्षे ‘कुलिङ पिरियड’सहित पारित भएको विधेयक संसदमा पुगेपछि संशोधनमार्फत त्यसलाई हटाइएको भन्दै उनले विरोध जनाए ।

‘समितिबाट पास भएको विधेयकलाई संसदमा आएर फेरबदल गर्नु आपत्तिजनक हो,’ शर्माले भने, ‘यदि यस्ता गतिविधि दोहोरिए भने सरकारको स्थायित्वमै प्रश्न उठ्न सक्छ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ६, मंगलवार ०५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP