मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, जल तथा मौसम विज्ञान विभागको सतर्कता

2K
SHARES
२७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, जल तथा मौसम विज्ञान विभागको सतर्कता

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार (साउन ११) देशका २७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाको पछिल्लो अपडेटअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल भए पनि जलसतह तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ ।

जिल्लागत रूपमा हेर्दा सिन्धुपाल्चोक, दोलखा, डोटी, अछाम, कालिकोट, दैलेख लगायतका क्षेत्रमा बहने साना नदीहरूमा पानीको सतह उल्लेखनीय रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै रामेछाप, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, कास्की, लमजुङ, पर्वत, रुकुम (पूर्व र पश्चिम), सल्यान, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, बझाङ, बैतडी, दार्चुला लगायतका जिल्लामा पनि मध्यम खतराको सम्भावना रहेको छ ।

सावधानी अपनाउन आग्रह गर्दै महाशाखाले यी २७ जिल्लालाई पहेँलो संकेत (Yellow Alert) जारी गरेको छ । यसले सम्भावित जोखिमप्रति सचेत रहनु पर्ने संकेत दिन्छ ।

बाढीका कारण हुने क्षति न्यून पार्न महाशाखाले नदी किनारमा बसोबास गर्ने तथा सवारी साधन चलाउनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ११, आईतवार ०५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP