मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशका मुख्य सडक अवरुद्ध, यातायात मन्त्रालयमा आकस्मिक बैठक

2K
SHARES
देशका मुख्य सडक अवरुद्ध, यातायात मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं । लगातारको वर्षासँगै देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । शुक्रबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलाउन कठिनाइ भएपछि मन्त्रालय सक्रिय भएको हो ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा लगातार पहिरो खसिरहेकाले यातायात पूर्णरूपमा ठप्प छ । यात्रुहरू रातिदेखि नै बाटैमा अलपत्र परेका छन् ।

यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको आकस्मिक बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ तथा मजदुर प्रतिनिधिहरू सहभागी रहे । बैठकमा सरोकारवालाहरूले सडकको अवस्था र पहिरो हटाउने प्रयासबारे जानकारी गराएका छन् ।

ट्राफिक प्रहरीले जनाए अनुसार पहिरो खसेको क्षेत्रमा डोजर परिचालन गरिएको भए पनि निरन्तर पहिरो खसिरहेकाले काम गर्न सकिएको छैन ।

यस्तै, कोशी राजमार्ग र अरनिको राजमार्गका विभिन्न स्थानहरूमा पनि पहिरोले सडक अवरुद्ध पारेको छ । सम्बन्धित निकायहरूले ती सडक खुलाउने प्रयास जारी राखेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ४, शनिबार ०६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP