मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जसपाले समर्थन फिर्ता लिने तयारी, संसदीय दललाई अन्तिम निर्णयको जिम्मा

3.4K
SHARES
जसपाले समर्थन फिर्ता लिने तयारी, संसदीय दललाई अन्तिम निर्णयको जिम्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गठबन्धन सरकारप्रति गम्भीर असन्तुष्टि जनाउँदै समर्थनको विषय पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवका अनुसार, सरकार भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनेजस्ता मुख्य विषयमा पूर्णतः असफल भएको निष्कर्ष पार्टीले निकालेको छ । साथै, आर्थिक सुधारका क्षेत्रमा पनि सरकार चुकेको भन्दै अब समर्थनको औचित्यमा पुनर्विचार गर्नुपर्ने धारणा बनाइएको हो ।

‘केन्द्रीय कार्यकारिणी बैठकले सरकारलाई दिएको समर्थनको विषयमा पुनर्विचार गर्ने निर्णय गरेको छ। यसबारे अन्तिम निर्णय भने संसदीय दलको बैठकले गर्नेछ,’ अध्यक्ष यादवले भने ।

पार्टीको अन्तिम निर्णय अब संसदीय दलको बैठकले गर्नेछ । सम्भवतः केही दिनमै संसदीय दलको बैठक बस्ने र औपचारिक रूपमा समर्थन फिर्ताको घोषणा हुने अनुमान गरिएको छ । यसअघि पनि जसपाले समर्थन दिने वा नदिने विषयमा रणनीतिक मौनता अपनाउँदै आएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ९, सोमबार १०:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP