मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गणेश थापा र छोरा गौरवको रिट पाटन पुनरावेदन अदालतबाट खारेज

2.6K
SHARES
गणेश थापा र छोरा गौरवको रिट पाटन पुनरावेदन अदालतबाट खारेज

काठमाडौं । पाटन पुनरावेदन अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापाले दायर गरेका रिटहरू खारेज गरेको छ ।

गणेश थापाले १९ वैशाखमा एन्फा र अध्यक्ष पङ्कज विक्रम नेम्बाङ विरुद्ध साधारण सभाको वैधानिकता र आफ्नो सहभागिताको अधिकार माग गर्दै रिट दायर गरेका थिए । साथै, ३१ वैशाखमा अदालतको अवहेलना भएको दाबी गर्दै अर्को रिट दर्ता गरेका थिए । तर अदालतले दाबी अपुरो भएको ठहर गर्दै दुवै रिट खारेज गरिदिएको हो । गणेश थापासम्बन्धी मुद्दामा भने ४ असारमै फैसला भइसकेको थियो ।

यस्तै, गौरव थापाले पनि २३ वैशाखमा साधारण सभामा सहभागिताको विषयमा र २ जेठमा अदालतको अवहेलनासम्बन्धी रिट दायर गरेका थिए । यी दुवै रिटबारे अदालतले बुधबार निर्णय गर्दै खारेज गरेको हो ।

२६ वैशाखमा काभ्रेको धुलिखेलमा सम्पन्न साधारण सभामा अध्यक्ष थापाले फिफाले तोकेको १० वर्षको प्रतिबन्ध अवधि पूरा भइसकेको भन्दै आफ्नो प्रवेशको माग गरेका थिए । तर एन्फाले प्रक्रिया पूरा नभएको कारण देखाउँदै गणेश र गौरव दुवैलाई सभामा प्रवेश दिइएन ।

यससँगै थापा परिवारको साधारण सभामा सहभागिता र एन्फाविरुद्धको कानुनी लडाइँको यो चरण टुंगिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार १२:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP