मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालुवाटार बैठक: विदेशबाट मतदान गर्ने प्रणालीबारे एमालेको अस्वीकार

3.6K
SHARES
बालुवाटार बैठक: विदेशबाट मतदान गर्ने प्रणालीबारे एमालेको अस्वीकार

काठमान्डु । नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन कुनै हालतमा नहुने दाबी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा शुक्रबार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा एमाले महासचिव शंकर पोखरेलले यस्तो स्पष्ट टिप्पणी गरेका हुन् ।

पोखरेलका अनुसार सरकारले चुनावका लागि आवश्यक वातावरण बनाउन पूर्ण रूपमा असफल भएको छ । उनले प्रधानमन्त्रीकै उपस्थितिमा ‘नहुने चुनावबारे किन छलफल गरिरहनु ?’ भन्ने प्रश्न उठाउँदै बैठकको उद्देश्यप्रति नै असन्तुष्टि व्यक्त गरे । उनका अनुसार राजनीतिक दलहरूलाई जनतासँग निहित रूपमा सम्पर्क विस्तार गर्न नदिइएको र स्वतन्त्र रूपमा गतिविधि सञ्चालन गर्न अवरोध पुर्‍याइएको परिस्थितिमा निर्वाचन असम्भव छ ।

सिमरा घटनाको प्रसङ्गः ‘कफ्र्यु लगाइएको ठाउँमा कसरी चुनाव ?’
एमालेले केही समयअघि बाराको सिमरामामा पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पार्टी कार्यक्रममा सहभागी हुन रोक लगाइएका घटनालाई बैठकमा उठायो । पोखरेलका अनुसार सिमरामा कफ्र्यु नै लगाउनु परेपछि सुरक्षा निकायहरू पनि ‘सरेन्डर’ गर्न बाध्य भएको अवस्था देखिन्छ, जसले चुनावी वातावरण पर्ने गम्भीर प्रश्न खडा भएको छ ।

उनी भन्छन्, “दलहरूले गतिविधि गर्न नपाउने, सुरक्षा अवस्था कमजोर हुने र स्थानीय प्रशासन नै असहयोगी देखिने ठाउँमा चुनाव सम्भव छ भन्ने कसरी ठानिन्छ ?”

ओलीमाथि स्थानहदको आलोचना
बैठकमा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि स्थानहद तोकिएको विषयलाई कडा शब्दमा विरोध गरेको छ । महासचिव पोखरेलले यसलाई प्रमुख दलको नेतृत्वलाई नै सीमित गर्न खोजिएको प्रयास भन्दै प्रश्न गरे, “देशकै प्रमुख राजनीतिक दलका अध्यक्षलाई स्थानहद तोकेर कस्तो प्रकारको स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन खोजिएको हो ?”

उनले यसलाई सरकारले चुनाव रोक्ने उद्देश्यले गरेको राजनीतिक हस्तक्षेपको उदाहरणका रूपमा प्रस्तुत गरे ।

विदेशबाट मतदान गर्ने प्रणालीबारे एमालेको अस्वीकार
बैठकमा विदेशबाट मतदान गर्ने प्रणालीबारे पनि छलफल भयो । तर एमालेले विदेशी भोटिङको विश्वसनीयता, प्राविधिक सम्भाव्यता र वैधता माथि शंका व्यक्त गर्दै तत्कालका लागि यो व्यवस्था स्वीकार गर्न नसक्ने बतायो । पोखरेलका अनुसार हालको परिस्थितिमा विदेशबाट भोट हाल्ने वातावरण तयार गर्नु न त प्राविधिक रूपमा सम्भव छ, न त सुरक्षित ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २०, शनिबार ०१:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP