मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछापमा बस दुर्घटना : १२ जनाको मृत्यु, ८ जना घाइते (विवरणसहित)

1.5K
SHARES
रामेछापमा बस दुर्घटना : १२ जनाको मृत्यु, ८ जना घाइते (विवरणसहित)

काठमाडौं । रामेछापमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मंगलबार बिहान करिब १०ः४० बजे काठमाडौंबाट मन्थली–सुखुटे–पुष्पलाल सडक हुँदै रामेछापतर्फ जाँदै गरेको बा.प्र. ०१–००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस मन्थली नगरपालिका–६ बेनीघाट पुल नजिक दुर्घटनाग्रस्त भई तामाकोशी नदीमा खसेको हो ।

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्य सञ्चालन गरिएको थियो । दुर्घटनामा बसमा सवार ७ पुरुष र ५ महिलासहित १२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको शव मन्थली अस्पतालमा राखिएको छ भने केहीको सनाखत भइसकेको र अन्यको पहिचान खुल्ने क्रम जारी रहेको बताइएको छ ।

दुर्घटनामा परेका ८ जना घाइते भएका छन् । घाइतेमध्ये चालकसहित केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने ७ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २७, मंगलवार ११:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP