मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ऊर्जामन्त्री घिसिङ र महानगरका मेयर बालेनबीच भेटघाट

2.4K
SHARES
ऊर्जामन्त्री घिसिङ र महानगरका मेयर बालेनबीच भेटघाट

काठमान्डु । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमान्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच आइतबार साँझ भएको भेटवार्ताले राजनीतिक र विकाससम्बन्धी वृतमा उत्सुकता पैदा गरेको छ। मन्त्री घिसिङले आफ्नै फेसबुकमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने अभियानमा हामीसँगै छौँ’ भन्ने टिप्पणी लेखेका छन्, जसलाई व्यापक रूपमा चर्चा गरिएको छ ।

घिसिङ र बालेन दुवै विकास, सुशासन र व्यवस्थापन सुधारका पक्षधर नेताका रूपमा चिनिएका व्यक्तित्व हुन् । त्यसैले उनीहरूको भेटलाई साधारण सौहार्दपूर्ण भेट मात्र नभई आगामी दिनहरूमा काठमान्गड र ऊर्जा क्षेत्रमा समन्वित कामको संकेतका रूपमा पनि व्याख्या गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको अवस्थामा यो भेटले थप राजनीतिक अर्थ बोकेको देखिन्छ । घिसिङको संरक्षणमा दर्ता भएको उज्यालो नेपाल पार्टी पनि रास्वपासँग एकताको सम्भावनाबारे निरन्तर संवादमा रहेको बताइँदै आएको छ । यस्तै परिस्थितिमा भएको भेटवार्ताले राजधानीको विकास, स्थानीय–केन्द्र सरकारबीचको सम्बन्ध तथा आगामी राजनीतिक समीकरणसँगै जोडिएको विश्लेषण भइरहेका छन् ।

काठमान्डु महानगरका प्रमुख परियोजनाहरू फोहोर व्यवस्थापन, विद्युत् पूर्वाधार विस्तार, स्मार्ट सिटी अभियान र सौर्य ऊर्जाको प्रवर्द्धन जस्ता मुद्दाहरूमा दुवै नेताको सहकार्य हुन सक्ने अनुमान गरिएको छ । विशेषगरी राजधानीमा ऊर्जा दक्षता बढाउने, सडक बत्ती व्यवस्थापन सुदृढ गर्ने र वातावरणमैत्री पहलहरू अघि बढाउने विषयमा छलफल भएको हुन सक्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

यद्यपि दुवै नेताको तर्फबाट विस्तृत एजेन्डा सार्वजनिक गरिएको छैन, तर प्रकाशित तस्बिर र टिप्पणीले सकारात्मक भावनाको संकेत गर्छ । आगामी दिनहरूमा विकासका एजेन्डालाई केन्द्रमा राख्दै उनीहरूबीच थप कार्यगत सहकार्य हुन सक्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १५, सोमबार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP