मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तरिम मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरू आज शपथग्रहण गर्दै

1.9K
SHARES
अन्तरिम मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरू आज शपथग्रहण गर्दै

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूले आज बिहान साढे ११ः०० बजे पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार शपथग्रहण कार्यक्रम शीतल निवासको प्राङ्गणमा टेन्टमुनि आयोजना हुनेछ ।

शनिबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार मन्त्रिपरिषद् गठन गर्दै अर्थमन्त्रीमा पूर्वअर्थसचिव रामेश्वर खनाल, गृहमन्त्री तथा कानुन मन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।

शपथग्रहणपछि मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक पक्षसँग छलफल गर्ने तयारीसमेत गरेकी छिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३०, सोमबार ०४:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP