मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस वेबसाइटबाट गगन–विश्वप्रकाश–मन्सुर हटाइए

624
SHARES
कांग्रेस वेबसाइटबाट गगन–विश्वप्रकाश–मन्सुर हटाइए

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट महामन्त्री र सहमहामन्त्रीको नाम तथा तस्बिर हटाइएको छ । विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फमुल्ला मन्सुरको विवरण पार्टी वेबसाइटमा अब देखिँदैन ।

पार्टीले बिहीबार बिहान १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम र तस्बिर हटाएको हो । भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए ।

यसअघि बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्री थापासँगै शर्मा र मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

वेबसाइटबाट नाम र तस्बिर हटाइनुले कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको संकेतका रूपमा हेरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १, बिहीबार ०७:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP