मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डले गरे केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव

2.3K
SHARES
प्रचण्डले गरे केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रले हाल कायम रहेको केन्द्रीय समिति भङ्ग गर्ने तयारी गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो प्रस्ताव पेस गरेका हुन् ।

बैठकमा प्रचण्डले पार्टीलाई अझ सशक्त र गतिशील बनाउन केन्द्रीय समिति भङ्ग गरेर नयाँ संरचना तयार गर्ने आवश्यकतामाथि जोड दिएका छन् । उनले अब पार्टीलाई व्यापक पुनर्गठन गर्दै नेतृत्व, संगठन र नीतिगत आधारलाई जनतामुखी बनाउने समय आएको बताएका स्रोतको दाबी छ ।

त्यस्तै, प्रचण्डले आगामी मंसिर महिनामा विशेष महाधिवेशन आह्वान गर्ने प्रस्ताव समेत राखेका छन् । विशेष महाधिवेशनमार्फत पार्टीको भावी दिशा, संगठनात्मक स्वरूप र नीतिगत मुद्दामा गहन छलफल हुने उनको भनाइ रहेको बुझिन्छ ।

साथै, एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाएर ‘विशेष महाधिवेशन आयोजक कमिटी’ गठन गर्ने योजना समेत बैठकमा प्रस्तुत गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ५, आईतवार ०९:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP