मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विप्लव नेतृत्वको नेकपाले एकताका लागि बनायो वार्ता टोली

4K
SHARES
विप्लव नेतृत्वको नेकपाले एकताका लागि बनायो वार्ता टोली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी घटक र वैचारिक समानता भएका समूहहरूसँग एकताको प्रयासलाई तीव्र बनाउँदै वार्ता टोली गठन गरेका छन् ।

पार्टीको काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकले एकता प्रयासलाई औपचारिक बनाउँदै माओवादी धार र विचार मिल्ने पक्षसँग वार्ता गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार गठित वार्ता टोलीको संयोजक प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेका छन् । टोलीमा अनिल सी, शिलु सी, सुशील सी, चिरण र जितेन्द्र सी सदस्यका रूपमा छन् ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) ले पनि विप्लव नेतृत्वको नेकपासँग एकताको सम्भावना खोतल्दै छलफल अगाडि बढाएको छ । भदौमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले एकताका लागि सकारात्मक निर्णय गरिसकेको छ ।

जेन(जि आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई मध्यनजर गर्दै महासचिव विप्लवले माओवादी पक्षसँग शीघ्र एकता गर्ने रणनीतिमा आफूलाई अग्रसर बनाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत विप्लव समूह र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको सम्भावना पहिलो प्राथमिकतामा राखेर तयारी अघि बढाएका छन् ।

यी गतिविधिहरूले वाम शक्तिहरूबीचको पुनः एकता प्रयास नयाँ मोडमा प्रवेश गरेको संकेत दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ७, मंगलवार १५:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP