मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

923
SHARES
नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

काठमाडौं । आईसीसीटी–२० पुरुष विश्वकप अन्तर्गत आइतबार सम्पन्न खेलमा नेपाल ले वेस्ट इन्डिज विरुद्ध ९ विकेटको फराकिलो हार व्यहोरेको छ । मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा नेपालले दिएको सामान्य लक्ष्य वेस्ट इन्डिजले सहज रूपमा पूरा गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजले नेपाललाई १३४ रनमा सीमित गरेपछि उक्त लक्ष्य १५ ओभर २ बलमै एक विकेट गुमाएर भेट्टायो । नेपाली बलिङ आक्रमण प्रभावहीन देखिँदा विपक्षी ब्याटरहरूले सहज रूपमा रन बनाएका थिए ।

नेपालका लागि बलिङतर्फ नन्दन यादवले ओपनर ब्रान्डन किङको विकेट लिए पनि अन्य बलरले सफलता हात पार्न सकेनन् । किङले १७ बलमा २२ रन बनाए भने शाई होपले ४४ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेले । शिमरोन हिटमायर ४६ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए ।

यसअघि ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५८ रनको अर्धशतक प्रहार गरे पनि अन्य ब्याटर चल्न नसक्दा टोलीले ठूलो स्कोर बनाउन सकेन । ओपनर कुशल भुर्तेल १, आशिफ शेख ११, कप्तान रोहित पौडेल ५, आरिफ शेख २, लोकेश बम १३ र गुल्शन झा ११ रनमा आउट भए ।

अन्त्यतिर सोमपाल कामी ले अविजित २६ रन जोड्दा दीपेन्द्रसँगको साझेदारीले नेपालको स्कोर केही उकासिएको थियो । तर बलिङ र ब्याटिङ दुवै पक्षमा कमजोर प्रदर्शनका कारण नेपालले फराकिलो हार बेहोर्न बाध्य भयो ।

यो हारसँग नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ३, आईतवार ०९:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP