मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चोरीका मोबाइलको सञ्जाल पर्दाफास: ४२ थान मोबाइलसहित चार जना पक्राउ

143
SHARES
चोरीका मोबाइलको सञ्जाल पर्दाफास: ४२ थान मोबाइलसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले चोरी तथा भन्सार छलीका मोबाइलको कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले ४२ थान मोबाइल बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका–६ का २० वर्षीय रवीन्द्र पासवान, काठमाडौं चाबहिल बस्ने २५ वर्षीय सुजन बस्नेत, धादिङ धुनिबेशी नगरपालिका–६ का ३३ वर्षीय जनक लामा र सप्तरी धनगढी नगरपालिका–१ का ३२ वर्षीय प्रमोद शाह रहेका छन् ।

प्रहरीका अनुसार पासवान र बस्नेत चोरीका मोबाइल संकलन गर्ने तथा बिक्री गर्ने कार्यमा संलग्न थिए । लामा चोरीका मोबाइल खरिद गरेर पसलमार्फत बिक्री गर्ने व्यक्ति रहेको खुलेको छ भने शाहले भन्सार छली गरेर ल्याइएका मोबाइलको लक खोल्ने काम गर्दै आएका थिए ।

गत १७ जेठमा चाबहिल क्षेत्रबाट पक्राउ परेका पासवानको साथबाट आईफोन र रेडमी मोबाइल बरामद भएको थियो । सोधपुछका क्रममा उनले ती मोबाइल सुजन बस्नेतबाट प्राप्त गरेको बताएपछि प्रहरीले सुकेधाराबाट बस्नेतलाई नियन्त्रणमा लिएको थियो । बस्नेतसँग इनफिनिक्स र ओप्पो ब्रान्डका मोबाइल फेला परेका थिए ।

अनुसन्धानलाई थप विस्तार गर्दा उनीहरूले चोरीका मोबाइल जनक लामालाई बिक्री गर्ने गरेको तथ्य खुलेको थियो । त्यसपछि लामाको पसलमा छापा मार्दा विभिन्न कम्पनीका ३५ थान मोबाइल बरामद भएका थिए । तीमध्ये केही मोबाइल चोरीका र केही भन्सार छली गरेर भारतबाट ल्याइएका रहेको प्रहरीले जनाएको छ ।

उक्त पसलबाटै प्रमोद शाहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । शाहले अवैध रूपमा ल्याइएका मोबाइलको लक खोल्ने काम गर्दै आएको र उनका साथबाट थप ७ थान मोबाइल बरामद भएको थियो । यससँगै कुल ४२ थान मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २०, बुधबार ०९:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP