मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भूमि विधेयक बहुमतका आधारमा समितिबाट पारित, माओवादी र रास्वपाले फरक मत लेख्ने तयारी

1.8K
SHARES
भूमि विधेयक बहुमतका आधारमा समितिबाट पारित, माओवादी र रास्वपाले फरक मत लेख्ने तयारी

काठमाडौं । भूमि सम्बन्धी विधेयक संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतका आधारमा पारित भएको छ ।

बैठकमा प्रस्तावित प्रतिवेदनमा एमाले र कांग्रेसका सांसदले समर्थन गरेका थिए । सो आधारमा विधेयक बहुमतले पारित भएको हो ।

समितिमा भएको छलफलमा नेकपा माओवादी केन्द्रले भने भाग लिएन । माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवैले विधेयकमाथि असहमति जनाउँदै फरक मत लेख्ने तयारी गरेका छन् ।

समितिका सचिव शिवदत्त बरालका अनुसार फरक मत शुक्रबारसम्म पेश गर्न सकिनेछ । फरक मतसहित पनि समितिको अन्तिम निर्णयमा हस्ताक्षर गर्न सकिने व्यवस्था रहेको उनले स्पष्ट पारे ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ५, बिहीबार ०७:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP