मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत, रकम फिर्ता वितरण सुरु

1.2K
SHARES
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत, रकम फिर्ता वितरण सुरु

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता दिन सुरु गरेको छ । समितिले सोमबार पहिलो चरणमा तीन सहकारी संस्थाका ३ सय ७८ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको हो ।

समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५ जना, शिवशिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन् ।

समितिले पहिलो दिन कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर भुक्तानी गरिएको जनाएको छ । आगामी दिनमा भने बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने बताइएको छ ।

समस्याग्रस्त सहकारीमा फसेको बचत रकम फिर्ता गर्नुपर्ने दायित्व ठूलो रहेको समितिको भनाइ छ । समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ ।

त्यसमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । समितिका अनुसार कुल बचतकर्तामध्ये १८ हजार जनाले पाँच लाख रुपैयाँभन्दा बढी रकम बचत गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ४, सोमबार ११:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP