मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाले गर्यो सातै प्रदेशका इन्चार्जलाई जिम्मेवारीबाट मुक्त

2.3K
SHARES
रास्वपाले गर्यो सातै प्रदेशका इन्चार्जलाई जिम्मेवारीबाट मुक्त

काठमान्डु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जलाई जिम्मेवारीबाट मुक्त गर्दै नयाँ संरचनात्मक पुनर्संयोजनको प्रक्रिया अघि बढाएको छ । मंगलबार बसेको सचिवालय बैठकले पुराना इन्चार्जहरूलाई धन्यवाद दिने निर्णय गर्दै अब प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूले सम्हाल्ने व्यवस्था मिलाउने भएको हो ।

पहिले जिम्मेवारीमा रहेका कोशीका सन्तोष परियार, मधेशका मनीष झा, बागमतीकी लिमा अधिकारी, गण्डकीका शिशिर खनाल, लुम्बिनीका विपिन आचार्य, कर्णालीका गणेश पराजुली र सुदूरपश्चिमका हरि ढकाललाई हटाइएको हो । तीमध्ये परियारले भने केही समयअघि नै पार्टी परित्याग गरिसकेका थिए ।

पार्टी एकता, पुनर्संरचना र चुनाव केन्द्रित तयारीलाई तीव्रता दिने उद्देश्यले प्रदेश इन्चार्ज परिवर्तन गरिएको रास्वपाले बताएको छ । सचिवालय बैठकले आगामी निर्वाचनलाई ध्यानमा राख्दै राजनीतिक संवाददेखि संगठनात्मक संरचना सुदृढीकरणसम्मका महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकका निर्णयहरू
१. राजनीतिक संवादलाई अघि बढाउनेः विभिन्न दल, समूह र व्यक्तिसँग भइरहेको संवादबारे उच्च संवाद समितिले ब्रिफिङ दिएको बैठकले सम्भावित राजनीतिक सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन सचिवालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको छ। सुशासन र द्रूत विकासमा विश्वास गर्ने सबै वैकल्पिक शक्तिलाई एकजुट हुन पनि आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।

२. आयोगका रिक्त पदपूर्तिः केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा रहेका रिक्त पद पूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य व्यक्तिको सिफारिस माग्ने निर्णय भएको प्रवक्ता मनिष झाले बताएका छन् ।

३. प्रदेश इन्चार्ज परिवर्तनः हालसम्म प्रदेश इन्चार्जका रूपमा काम आएका सचिवालय सदस्यहरूलाई धन्यवाद दिँदै अब उनीहरूलाई आगामी निर्वाचन केन्द्रित भूमिकामा लगाउने बताइएको छ। अब प्रदेश इन्चार्ज केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय भएको झाले बताएका छन् ।

४. र्‍यापिड एक्सन टिम गठनः देशका सबै पालिकाहरूमा र्‍यापिड एक्सन टिम ९आरएटी० गठन गर्ने निर्णय रास्वपाले गरेको छ । यसका लागि प्रदेश तथा जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरिएको झाले बताए ।

५. कीर्तिपुर नगर समिति विघटनः कार्यसम्पादन मूल्यांकनका आधारमा पार्टी विधानको धारा ७० अनुसार कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय बैठकले गरेको झाले बताए । कीर्तिपुरमा भएको स्थानीय तहको उपनिर्वाचन पनि रास्वपाले प्रतिस्पर्धा नगरी पछि हटेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १०, बुधबार ०८:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP