मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा बैठक: सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल

260
SHARES
प्रतिनिधिसभा बैठक: सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सिंहदरबारमा दिउँसो १ः०० बजे बस्नेछ ।

बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसैबीच, आज सङ्घीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिका बैठक पनि बस्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक तय गरिएको छ ।

समितिका बैठकमा आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने संसद् सचिवालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १, बिहीबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP