मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले सपथ लिए

1.1K
SHARES
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले सपथ लिए

जनकपुर । मधेश प्रदेशका नवीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथपछि उनले मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहेको बताए ।

यादव मंसिर १९ गते सात दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नेतृत्वलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरूले साथ दिएका छन् ।

यसअघि संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतले नियुक्त भएका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएका थिए । सोही राजीनामापछि गठबन्धन दलहरूले कृष्णप्रसाद यादवलाई नयाँ नेतृत्वका रूपमा अघि सारेका हुन् ।

उता, कार्तिक २३ गते राति एमालेका यादवलाई धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको निर्णयविरुद्ध सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन र मत नपाएमा धारा १६८(२) बमोजिम नयाँ सरकार गठन गर्न आदेश दिएको थियो ।

नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले सपथपछि आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीसमेत रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २१, आईतवार ०६:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP