मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विराटनगर किंग्सको लगातार दोस्रो जीत, काठमाण्डु गुर्खाज फेरि पराजित

2.8K
SHARES
विराटनगर किंग्सको लगातार दोस्रो जीत, काठमाण्डु गुर्खाज फेरि पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार विराटनगर किंग्सले उत्कृष्ट प्रदर्शन गर्दै काठमाण्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमै पाँच विकेटको क्षतिमा सजिलै पूरा गर्‍यो ।

यसअघि विराटनगरले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो । काठमाण्डुले भने पहिलो खेलमा जनकपुर बोल्ट्समाथि ५ विकेटको जित निकाले पनि दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

विराटनगरको ब्याटिङ प्रदर्शन
मार्टिन गप्टिल २५ रन जोडेर शाहब आलमको बलमा इरासमसका हातबाट क्याच आउट भए । जर्ज मुन्सी ३६ रनको योगदान गरे । उनलाई शाहब आलम एलबीडब्ल्युको धरापमा पारे भने बसिर अहमद १९ रनको योगदान दिँदै इरासमसको बलमा क्याच आउट भए ।

यसैगरी, लोकेश बम १४ रन, नरेन भट्ट २५ रन, शुभम रन्जाने ६ रन र सन्दीप लामिछाने ९ रन जोडे ।

काठमाण्डुका लागि शाहब आलमले २ विकेट लिँदा करण केसी, जेरहार्ड इरासमस र सन्तोष यादवले एक–एक विकेट हात पारे ।

यसअघि टस जितेर फिल्डिङ रोजेका विराटनगरलाई काठमाण्डुले ६ विकेटको क्षतिमा १३४ रनको मध्यम लक्ष्य दिएको थियो ।

उसका लागि आदिल आलमले २५ बलमा ४ चौका र २ छक्कासहित ४८ रन जोडे । वेन चार्ल्सवर्थ ३२ रन, सन्तोष यादव २६ रन, जेरहार्ड इरासमस १० रनको योगदान गरे ।

विराटनगरका मर्चेन्ड डे लाङ्गेले २ विकेट हात पारे भने शुभम रन्जाने, सन्दीप लामिछाने र सूर्य तामाङले समान १–१ विकेट लिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ६, शनिबार १३:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP