मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचनः अस्थायी मतदाता नामावली कार्यविधि २०८२ जारी

1.1K
SHARES
प्रतिनिधिसभा निर्वाचनः अस्थायी मतदाता नामावली कार्यविधि २०८२ जारी

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा अब मतदानका लागि १४ दिन मात्र बाँकी रहेका छन् । निर्वाचन तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन आयोगले ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उक्त कार्यविधि ल्याएको हो । यस कार्यविधिअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि आवश्यक अस्थायी मतदाता नामावली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाइनेछ ।

सूचना प्रकाशन र नामावली व्यवस्थापन
कार्यविधिमा आयोगले स्थायी मतदाता नामावली सङ्कलन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्ने व्यवस्था गरिएको छ । आवश्यकता अनुसार ती सूचनाहरू राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गर्न सकिने उल्लेख गरिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नाम स्थायी मतदाता नामावलीमा समावेश गरिने व्यवस्था गरिएको छ ।

नाम छुटे वा त्रुटि भए के गर्ने?
यदि कुनै व्यक्तिको नाम मतदाता नामावलीमा छुटेको छ वा विवरणमा त्रुटि भेटिएको छ भने सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ। यसमार्फत नाम समावेश गराउन वा विवरण सच्याउन सकिनेछ।

आयोगले सबै सरोकारवालालाई समयमै आवश्यक प्रक्रिया पूरा गरी मतदानमा सहभागी हुन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ७, बिहीबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP