मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

1.1K
SHARES
मौसम पूर्वानुमान: केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण विशेषगरी कोशी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रहरूमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ । अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ११, बुधबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP