मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज संविधान दिवस: विविध कार्यक्रमसहित मनाइँदै, झाँकी कार्यक्रम भने स्थगित

1.7K
SHARES
आज संविधान दिवस: विविध कार्यक्रमसहित मनाइँदै, झाँकी कार्यक्रम भने स्थगित

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ आज देशभर विविध कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बिहान ८ः३० बजे काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा दिवसको मुख्य कार्यक्रम आयोजना गरिएको छ ।

समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिको उपस्थितिमा हुने यो विशेष समारोहमा सुरक्षाकर्मीहरूको परेड, राष्ट्रिय धुन बजाउने कार्यक्रम र विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ ।

यद्यपि, हालको विशेष राजनीतिक परिस्थितिका कारण अघिल्ला वर्षहरूमा झैँ झाँकीलगायतका सांस्कृतिक कार्यक्रमहरू यस वर्ष स्थगन गरिएको छ । आयोजक निकायका अनुसार परिस्थितिको सम्वेदनशीलतालाई ध्यानमा राख्दै जनसङ्ख्या भेला हुने गतिविधिहरू सीमित गरिएको हो ।

संविधानको ऐतिहासिक पृष्ठभूमि
नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी गरिएको ऐतिहासिक दस्तावेज हो । नेपाली जनताको दशकौँ लामो संघर्ष, बलिदानी र राजनीतिक आन्दोलनको परिणामस्वरूप संविधानसभाबाट यो संविधान निर्माण भएको हो ।

विसं २०७२ को दोस्रो संविधानसभा निर्वाचनपछि गठित संविधानसभाले लामो छलफल, बहस र संवादपछि ‘नेपालको संविधान २०७२’ जारी गरेको थियो । उक्त ऐतिहासिक दिनमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित संविधानसभा बैठकबाट संविधान जारी भएको घोषणा गरेका थिए ।

संविधान दिवसको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, समावेशिता, लोकतन्त्र र शान्तिपूर्ण सहअस्तित्वको सन्देश दिएका छन् । संविधान दिवसलाई मुलुकको ऐक्यबद्धता, लोकतान्त्रिक मूल्य र कानूनको सर्वोच्चताको प्रतीकको रूपमा लिइन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ३, शुक्रबार ००:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP