मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डेडिकेटेड ट्रंक लाइन महसुल भुक्तानीमा सहजीकरण गर्नू :प्रधानमन्त्री कार्यालय

1.1K
SHARES
डेडिकेटेड ट्रंक लाइन महसुल भुक्तानीमा सहजीकरण गर्नू :प्रधानमन्त्री कार्यालय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानी प्रक्रिया सहज बनाउने उद्देश्यले सहजीकरण गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयले कात्तिक २१ गते ऊर्जा मन्त्रालयलाई पत्रमार्फत आवश्यक सहजीकरणको व्यवस्था मिलाउन भनेको हो । यो निर्देशन कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच भएको छलफल र समझदारीलाई कार्यान्वयनमा ल्याउने हेतुले जारी गरिएको हो ।

निर्देशनअनुसार, महसुल भुक्तानी प्रक्रिया सरल बनाउने, उद्योगीहरूको पुनरावलोकन सुन्ने तथा विवाद समाधानमा सहजीकरण गर्ने व्यवस्था ऊर्जा मन्त्रालय र प्राधिकरणले मिलाउनुपर्ने छ ।

साथै, प्रधानमन्त्री कार्यालयले उद्योग वाणिज्य महासङ्घलाई पनि उक्त समझदारी कार्यान्वयनमा सहजीकरण गर्न अनुरोध गरेको छ । यस कदमले उद्योगीहरूलाई महसुल भुक्तानी प्रक्रिया बुझ्न र सहज रूपमा पालना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २३, आईतवार ०८:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP