मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

494
SHARES
मौसम पूर्वानुमान: पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ । अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । गण्डकी प्रदेशको तराई क्षेत्र र बागमती तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । साथै कोशी प्रदेशका पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ४, बुधबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP