मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोसी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार चुनौतीपूर्ण : प्रधानमन्त्री शाह

559
SHARES
भोटेकोसी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार चुनौतीपूर्ण : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाका सुरुङमा पुर्‍याएको क्षति असामान्य र अन्तर्राष्ट्रियस्तरमै चुनौतीपूर्ण प्रकृतिको रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले सुरुङभित्र बाढीसँगै ठूलो मात्रामा हिलो र माटो भरिएकाले उद्धार कार्य निकै कठिन बनेको बताए ।

उनका अनुसार अन्य मुलुकमा सुरुङभित्र पहिरो जाँदा त्यसलाई पन्छाएर उद्धार गर्ने प्रविधि र अनुभव भए पनि नेपालमा देखिएको अवस्था त्यसभन्दा फरक छ । बाढीले बगाएर ल्याएको हिलो तथा माटोले सुरुङ पूर्णरूपमा थुनिएकाले यस्तो परिस्थितिमा तत्काल उद्धार गर्न सक्ने पर्याप्त विज्ञता र प्रविधि कुनै पनि देशसँग नरहेको उनको दाबी छ ।

प्रधानमन्त्री शाहले नेपालसँग समेत यस प्रकारको उद्धारका लागि आवश्यक प्रविधि र व्यावहारिक अनुभव तत्काल उपलब्ध नभएको संसदलाई जानकारी दिए ।

‘विभिन्न राष्ट्रमा भएका उद्धारका घटनाभन्दा नेपालको अवस्था बिल्कुलै फरक छ,’ उनले भने, ‘बाढीले ल्याएको हिलो सुक्ने, उद्धारकर्तालाई अडिएर काम गर्ने अवस्था बन्ने र सुरुङभित्र प्रवेश गरी अवरोध हटाउन सक्ने परिस्थिति बनेपछि मात्रै उद्धार प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ ।’

सुरुङभित्र धेरै संख्यामा एक्साभेटर पठाएर एकैपटक काम गराउन पनि सम्भव नरहेको प्रधानमन्त्री शाहले स्पष्ट पारे । एउटा सुरुङमा एकपटकमा एक–दुईवटा एक्साभेटरभन्दा बढी प्रयोग गर्न सक्ने अवस्था नरहेको उनले बताए ।

‘एउटा टनेलमा एकैपटक एक–दुईवटा भन्दा बढी एक्साभेटरले काम गर्न सक्दैनन् । यसको आफ्नै सीमा हुन्छ । त्यो सीमाभन्दा बाहिर गएर एक्साभेटर परिचालन गर्न सकिँदैन,’ प्रधानमन्त्री शाहले भने ।

उनले कठिन परिस्थितिका बाबजुद उद्धार टोलीले निरन्तर काम गरिरहेको र सरकार यसबाट विचलित नभएको बताए । उद्धारका लागि सम्भव सबै उपाय अपनाइरहेको उनको भनाइ थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १७, बुधबार ०९:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP