मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधि सभा निर्वाचन: आजदेखि प्रचार–प्रसार गर्न पाइने

1.7K
SHARES
प्रतिनिधि सभा निर्वाचन: आजदेखि प्रचार–प्रसार गर्न पाइने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक प्रचार–प्रसार सुरु भएको छ । निर्वाचन सम्बन्धी कानुनी व्यवस्थाअनुसार मतदान हुनुभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममार्फत प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने प्रावधान छ ।

यसैअनुसार फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले औपचारिक रूपमा मतदातासमक्ष मत माग्न तथा प्रचार–प्रसार गर्न पाउनेछन् । निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्दै प्रचार अभियान सञ्चालन गर्न सबै दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ ।

तोकिएको मापदण्डअनुसार दल तथा उम्मेदवारले पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन प्रकाशन गरी प्रचार गर्न सक्नेछन् । साथै, आमसभा वा कोणसभाका लागि मञ्च तयारीमा भएको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

आयोगले आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरेको जनाएको छ । उल्लङ्घनका घटना देखिएमा सम्बन्धित पक्षलाई स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने आयोगको चेतावनी छ ।

आचारसंहिता व्यापक परामर्शपछि तयार गरिएको र सबै राजनीतिक दलले यसको पालना गर्ने प्रतिबद्धता जनाइसकेको आयोगले स्मरण गराएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लङ्घनमा आयोगले शून्य सहनशीलताको नीति अपनाउनेछ ।

उल्लङ्घन पुष्टि भएमा सचेत गराउनेदेखि जरिवाना र उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने कानुनी प्रावधान रहेको छ । साथै, निर्वाचनको समयमा सामाजिक सञ्जाल वा अनलाइन माध्यममार्फत कुनै दल वा उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले स्पष्ट पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ४, सोमबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP