मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वर्षाको कारण देशभर ५ सडक खण्ड पूर्ण अवरुद्ध, ४ एकतर्फी सञ्चालन

1.7K
SHARES
वर्षाको कारण देशभर ५ सडक खण्ड पूर्ण अवरुद्ध, ४ एकतर्फी सञ्चालन

काठमाडौं । लगातारको वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सडकहरू अवरुद्ध भएका छन् । बिहान ८ बजेसम्मको विवरणअनुसार देशभरका ५ सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् भने ४ सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा रहेका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–१ एकुवामा सडक बन्द रहेको छ । रसुवा नाकामा गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन जोड्ने पुल बाढीले अवरुद्ध छ ।

त्यसैगरी नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पहिरो खस्दा पूर्णरूपमै बन्द छ । मध्यपहाडी लोकमार्गमा रुकुम पूर्वको भूमे गाउँपालिका–४ काँडाबगरमा पहिरोका कारण बाटो पूर्ण अवरुद्ध रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार ०५:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP