मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

“निष्पक्ष र भयमुक्त निर्वाचनका लागि सबै पक्ष जिम्मेवार बनून्”

611
SHARES
“निष्पक्ष र भयमुक्त निर्वाचनका लागि सबै पक्ष जिम्मेवार बनून्”

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगलगायत सबै सरोकारवाला पक्षलाई उच्च जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न आह्वान गरेको छ ।

मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा निर्वाचन परिचालन समितिले देशलाई विद्यमान संकटबाट बाहिर निकाल्दै स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने अवसरका रूपमा निर्वाचनलाई लिनुपर्ने उल्लेख गरेको हो ।

निर्वाचन परिचालन समितिका संयोजक अग्नीप्रसाद सापकोटाले सबै पक्षको सामूहिक प्रयासबाट मुलुक अहिले निर्वाचनको निर्णायक मोडमा आइपुगेको बताए । उनले जनतामा नेकपाप्रतिको विश्वास र भरोसा बढ्दो क्रममा रहेको दाबी गर्दै देशलाई इमानदार नेतृत्व दिन सक्ने शक्ति आफ्नो पार्टी मात्र भएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा नेकपाले निर्वाचन आचारसंहिता उल्लङ्घनका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । केही सीमित सञ्चारमाध्यमले पत्रकारिताको न्यूनतम मूल्य–मान्यता विपरीत भ्रामक र गलत सूचना प्रसार गरी पार्टीको छवि अवमूल्यन गर्ने प्रयास गरिरहेको आरोप पनि लगाइएको छ ।

संयोजक सापकोटाले निर्वाचन बिथोल्ने उद्देश्यका शक्तिहरू अझै सक्रिय रहेको दाबी गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी र कडाइपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

पछिल्ला विभिन्न प्रतिवेदनहरूले आगामी निर्वाचनमा नेकपा पहिलो शक्ति बन्ने संकेत गरेको उनको भनाइ थियो । साथै, मतदातालाई सबै दलहरूको विगत, वर्तमान भूमिका, विचार, एजेन्डा र भावी कार्यदिशाको गहिरो मूल्याङ्कन गरी विवेकपूर्ण निर्णय लिन आग्रह गरिएको छ ।

नेकपाले इतिहासका उपलब्धिहरूको रक्षा गर्दै परिवर्तन, स्थायित्व र समृद्धिको पक्षमा उभिन पनि आह्वान गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ५, मंगलवार ०९:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP