मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मिति परिवर्तन, शुक्रबार बस्ने

3.4K
SHARES
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मिति परिवर्तन, शुक्रबार बस्ने

काठमान्डु । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको मिति फेरि परिवर्तन गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार जारी सूचनामा २०८१ मंसिर ११ गते (बिहीबार) बस्ने भनिएको बैठक मंसिर १२ गते (शुक्रबार) दिउो २ः०० बजेका लागि सारिएको उल्लेख छ ।

सूचनामा बैठक बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति हुन भनिएको छ ।

मिति परिवर्तनसम्बन्धी सूचना पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेका हुन् ।

पार्टी महाधिवेशन सम्बन्धी ठोस निष्कर्षमा पुग्न नसक्दा कांग्रेसले लगातार बैठक सार्दै आएको छ । असोज २८ गते सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको बैठक अझै निष्कर्षमा पुगेको छैन ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले तत्काल विशेष महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन् । उनीहरूका अनुसार नियमित महाधिवेशनको प्रक्रिया पूरा भइसकेकाले अब विशेष महाधिवेशन नै उपयुक्त विकल्प हो । तर संस्थापन पक्ष—सभापति शेरबहादुर देउवा नेतृत्वको समूह—फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ ।

यही मतभिन्नताका कारण कांग्रेसको बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ११, बिहीबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP