मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोशी र दाप्चाखोलाको बाढीले वीपी राजमार्ग अवरुद्ध, सवारी साधन होल्ड

312
SHARES
रोशी र दाप्चाखोलाको बाढीले वीपी राजमार्ग अवरुद्ध, सवारी साधन होल्ड

काठमाडौं । लगातारको वर्षापछि रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाउँदा वीपी राजमार्गको काभ्रे खण्ड आइतबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आइतबार अपराह्नदेखि परेको भारी वर्षासँगै दुवै खोलामा पानीको बहाव ह्वात्तै बढेपछि डाइभर्सन बगाएको हो । यसअघि शनिबार परेको वर्षाले पनि रोशी खोलाको जलस्तर बढाएको थियो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार रोशी खोलामा आएको बाढीका कारण घुम्ती क्षेत्र र चौकीडाँडा खण्डमा सडकमा क्षति पुगेपछि सुरक्षाका दृष्टिले सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको छ ।

उनले डाइभर्सन पुनः निर्माण नभएसम्म सवारी सञ्चालन गर्न नसकिने भन्दै वर्षा रोकिएर अवस्था सामान्य भए सोमबार बिहानदेखि यातायात खुल्न सक्ने बताए । तर मौसम प्रतिकूल रहेमा राजमार्ग कहिलेदेखि सञ्चालन हुन्छ भन्ने निश्चित भन्न नसकिने उनको भनाइ छ ।

राजमार्ग बन्द भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा रोकिएको छ भने पूर्वबाट काठमाडौं आउने सवारी साधनलाई मंगलटार र नेपालथोक क्षेत्रमा होल्ड गरिएको प्रशासनले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २१, आईतवार १३:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP