मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वेस्ट इण्डिजको प्रभावशाली जित, स्कटल्याण्ड ३५ रनले पराजित

1.1K
SHARES
वेस्ट इण्डिजको प्रभावशाली जित, स्कटल्याण्ड ३५ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डमाथि ३५ रनको प्रभावशाली जित हात पारेको छ । भारतको कोल्कातास्थित ऐतिहासिक इडेन गार्डेन्समा सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १८४ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १९ ओभर ५ बलमै १४७ रनमा अलआउट भयो ।

जवाफी ब्याटिङमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले २४ बलमा ४२ रनको योगदान दिए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । उनले तीन चौका र दुई छक्का प्रहार गरे । टम ब्रुसले २८ बलमा ३५ रन बनाउँदा जर्ज मुन्सेले १९ रन जोडे ।

वेस्ट इण्डिजका बलर रोमारियो शेफर्ड खेलका नायक बने । उनले एक्लैले पाँच विकेट लिए । जेसन होल्डरले तीन विकेट झार्दा गुडकेश मोती र शमार जोसेफले एक–एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८२ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो । शिमरन हेटमायरले ३६ बलमा ६४ रनको विस्फोटक पारी खेले । उनको इनिङ्समा दुई चौका र छ छक्का समावेश थिए ।

ब्रान्डन किङले ३० बलमा ३५ रन जोडे भने शेरफेन रुथफोर्डले १३ बलमा २६ रन बनाए । रोभमन पावेलले १४ बलमा २४ रनको योगदान दिए ।

स्कटल्याण्डका तर्फबाट बलिङमा ब्राड कुरीले दुई विकेट लिए । माइकल लिस्क, ओलिभर डेभिडसन र सफयान शरिफले समान एक–एक विकेट लिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २४, शनिबार १३:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP