मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसले फेरि भन्योः प्रतिनिधिसभा विघटन असंवैधानिक

1.7K
SHARES
कांग्रेसले फेरि भन्योः प्रतिनिधिसभा विघटन असंवैधानिक

काठमाडौं । नेपाली कांग्रेसले पुनः प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गरेको छ । उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेस पार्टी रहेको बताएका हुन् । प्रतिनिधिसभा विघटनको कार्य पूर्ण रुपमा अलोकतान्कि र असंवैधानिक भएको उनले बताएका छन् ।

पार्टीको तर्फबाट ६ बुँदे धारणा सार्वजनिक गर्दै खड्काले लेखेका छन्, ‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको छ ।’

उपसभापति खड्काले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत भएको पार्टीको धारणामा उल्लेख छ । ‘लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ’ खड्काले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यसअघि शुक्रबार कार्यसम्पादन समिति बैठक बसेर कांग्रेसले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको थियो ।

कार्यसम्पादन समिति बैठकपछि जारी विज्ञप्तिमा आफ्नै निवास बूढानीलकण्ठमा सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा कुटिएको विषय उल्लेख नगरेकोमा विरोध भएको थियो ।
अहिले भने त्यो विषय खड्काले वक्तव्यमा उल्लेख गरेका छन् । त्यसबारे खड्काले लेखेका छन्, ‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र वर्वरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भत्र्सना योग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार ११:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP