मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनसरी घटनापछि मोरङमा डिजेमाथि प्रतिबन्ध, उल्लंघन गरे कानुनी कारबाही हुने

286
SHARES
सुनसरी घटनापछि मोरङमा डिजेमाथि प्रतिबन्ध, उल्लंघन गरे कानुनी कारबाही हुने

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्ज बजारमा डिजे बजाउने विषयलाई लिएर भएको हिंसात्मक घटनापछि मोरङ जिल्लामा पनि डिजेको प्रयोगमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सार्वजनिक सूचना जारी गर्दै अर्को आदेश नभएसम्म जिल्लाभर कुनै पनि प्रकारका सार्वजनिक वा निजी कार्यक्रममा डिजे प्रयोग गर्न नपाइने जनाएको हो । प्रशासनका अनुसार विवाह, मेला–महोत्सव, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य सबै प्रकारका सभा–समारोहमा यो निर्णय लागू हुनेछ ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा प्रतिबन्धको अवज्ञा गरी डिजे बजाएको वा बजाउन दिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ । प्रशासनले सबै नागरिकलाई निर्णयको पालना गर्न आग्रह समेत गरेको छ ।

गत आइतबार सुनसरीको कप्तानगन्ज बजारमा चर्को आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई समुदायबीच विवाद उत्पन्न भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवाद पछि झडपमा परिणत हुँदा सुरक्षा अवस्था तनावग्रस्त बनेको थियो ।

झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । घटनापछि कप्तानगन्ज तथा आसपासका क्षेत्रमा लगातार दुई दिनदेखि कर्फ्यू जारी रहेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रशासनले शान्ति–सुरक्षा कायम राख्न आवश्यक सतर्कता अपनाइरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १२, मंगलवार ०७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP