मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कैलाली कारागारमा सुरक्षाकर्मीको प्रवेश, ४० घण्टापछि खोजतलास सुरु

1.3K
SHARES
कैलाली कारागारमा सुरक्षाकर्मीको प्रवेश, ४० घण्टापछि खोजतलास सुरु

कैलाली । कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा ४० घण्टा लामो तनावपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली भित्र छिरेको छ ।

शनिबार कैदीबन्दीका दुई समूहबीच भएको झडपपछि कारागार तनावग्रस्त बनेको थियो । घटनापछि भित्रबाट ढोका बन्द गरेर कैदीबन्दीहरूले सम्पूर्ण थुनुवा कक्ष कब्जामा लिँदा सुरक्षाकर्मीलाई प्रवेश गर्न दिइएको थिएन ।

आइतबार अपरान्ह मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहबरमा हतियारसहितको संयुक्त टोली ब्लक ‘ए’ र ब्लक ‘बी’ मा छिरेर अवस्थाको निरीक्षण तथा खोजतलास थालेको हो ।

यो हिंसात्मक घटनामा एकजनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । कैदीबन्दीहरूको वास्तविक संख्या समेत स्पष्ट नभएकाले सुरक्षाकर्मीले भित्रैबाट गणना गर्ने कार्य पनि सुरु गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २५, आईतवार ११:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP