मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभरका नर्सहरू सडकमा, न्यूनतम पारिश्रमिक र सेवा–सुविधाका लागि आन्दोलन तीव्र

2.4K
SHARES
देशभरका नर्सहरू सडकमा, न्यूनतम पारिश्रमिक र सेवा–सुविधाका लागि आन्दोलन तीव्र

काठमाडौं । देशभरका अस्पतालका नर्सहरूले शुक्रबार सामूहिक रूपमा विरोध प्रदर्शन गर्दै न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न सरकारसमक्ष माग गरेका छन् ।

सरकारी सरह पारिश्रमिक र सुविधा पाउनुपर्ने मागसहितको आन्दोलनमा निजी तथा सामुदायिक अस्पतालका नर्सहरू मात्र होइन, सरकारी अस्पतालमा कार्यरत नर्सहरू पनि एेक्यबद्ध भएका छन् ।

नेपाल नर्सिङ संघले अघि सारेको १५ बुँदे मागपत्रमा स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारले तोकेको दरभन्दा नघट्ने गरी व्यवस्था गर्नुपर्ने, अतिरिक्त कार्यका लागि भत्ता दिनुपर्ने, ज्यालादारी प्रणाली हटाउनुपर्ने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेजस्ता माग समावेश छन् ।

सिभिल अस्पतालकी नर्स विमला पौडेलका अनुसार दक्ष नर्सिङ जनशक्तिलाई श्रमिकका रूपमा होइन, स्वास्थ्य ऐन अन्तर्गतको स्थायी संरचनामा समेटिनु आवश्यक छ ।

शुक्रबार बिहान १० देखि १२ बजेसम्म प्रतीकात्मक विरोधमा बसेका नर्सहरूले १८ कात्तिकभित्र माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल नर्सिङ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “श्रमको सम्मान नभएसम्म नर्सहरूको आन्दोलन जारी रहनेछ ।”

मुख्य मागहरू
– स्वास्थ्य मन्त्रालयको २०८२र०६र२४ को पत्र कार्यान्वयन
– सरकारी सरह न्यूनतम पारिश्रमिकको व्यवस्था
– अतिरिक्त कार्यवापत भत्ता
– ज्यालादारी प्रणालीको अन्त्य
– तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १४, शुक्रबार ०६:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP