मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘निर्वाचनलाई सफल बनाउन सबै पक्षले सहयोग गर्नुपर्छ’: राष्ट्रपति पौडेल

4.2K
SHARES
‘निर्वाचनलाई सफल बनाउन सबै पक्षले सहयोग गर्नुपर्छ’: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको असहज र विषम परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् ।

शनिबार जारी एक वक्तव्यमा राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित भएको उल्लेख गर्दै, आगामी निर्वाचनमार्फत जनताले अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने ऐतिहासिक अवसर पाएको बताएका छन् ।

वक्तव्यमा उल्लेख गरिएको छ, ‘बडो जुक्तिपूर्ण ढंगले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैं संयमित रहँदै चुनाव सम्पन्न गराउन सहयोग गर्न सबैलाई हार्दिक अपिल गर्दछु ।’

राष्ट्रपतिले आगामी ६ महिनाभित्र हुने प्रतिनिधि सभा निर्वाचनलाई लोकतन्त्रलाई थप सबल बनाउने महत्वपूर्ण अवसरको रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २८, शनिबार १४:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP