मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

572
SHARES
आज देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर आज मौसममा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो अधिकांश भू–भागमा बादल लाग्ने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ ।

यस्तै, देशका पहाडी भू–भागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने अन्य तराई भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

राति हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । पहाडी भू–भागका थोरै स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २०, मंगलवार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP