मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

1.2K
SHARES
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनअनुसार केन्द्रीय कार्यसमितिको बैठक आज शनिबार बिहान ८ः०० बजे बस्ने भएको हो ।

बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा बस्ने जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा बैठकमा समयमै उपस्थित हुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ३, शनिबार ०१:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP