मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवाको बाढीमा जनधनको क्षतिप्रति चिनियाँ राष्ट्रपति सीको समवेदना

234
SHARES
रसुवाको बाढीमा जनधनको क्षतिप्रति चिनियाँ राष्ट्रपति सीको समवेदना

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना पठाएका छन् ।

शुक्रबार राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी पौडेललाई सन्देश पठाउँदै बाढी तथा पहिरोका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।

सीले विपद्का कारण प्रभावित परिवार तथा आफन्तजनप्रति सहानुभूति व्यक्त गर्दै यस कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता जनाएका छन् ।

नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीले दुवै देशमा ठूलो क्षति पुर्‍याएको छ । चीनको तिब्बततर्फ तथा नेपालको रसुवा क्षेत्रमा बाढी र त्यससँगै आएको लेदोसहितको भेलले सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार तिब्बततर्फ पनि बाढीका कारण केही मानिस बेपत्ता भएका छन् । सीमावर्ती क्षेत्रमा बाढीको प्रभाव बढेपछि उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ ।

नेपालतर्फ भने रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले ठूलो मानवीय क्षति निम्त्याएको छ । शुक्रबारसम्म विभिन्न स्थानबाट ५४७ जनाको शव फेला परेको विवरण सार्वजनिक भएको छ ।

बाढीका कारण धेरै परिवार विस्थापित भएका छन् भने कतिपय अझै सम्पर्कविहीन रहेको जनाइएको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उद्धार र राहत वितरणको काम भइरहेको छ ।

सीमावर्ती क्षेत्रमा भएको विपद्पछि नेपाल र चीन दुवैतर्फबाट क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रमा आवश्यक उद्धार र राहतका प्रयास जारी राखिएका छन् । खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १२, शुक्रबार १२:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP