मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान

2.7K
SHARES
शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा आफ्नी पत्नि तथा कांग्रेस नेतृ आरजु राणा देउवासँगै थप उपचारका लागि सोमबार राति सिंगापुर पुगेका हुन् ।

देउवा दम्पती सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ गएका हुन् । भदौ २४ गते, जेनजी आन्दोलनको दोस्रो दिन, बूढानीलकण्ठस्थित निवासमा उनीहरूलाई आन्दोलनकारी समूहले आक्रमण गरी कुटपिट गरेको थियो ।

आक्रमणपछि सुरक्षाकर्मीले तत्काल उद्धार गरी देउवा दम्पतीलाई नेपाली सेनाको सैनिक अस्पताल, छाउनीमा उपचारका लागि लगिएको थियो । कांग्रेस नेताहरूका अनुसार देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ र स्वास्थ्य अवस्था सामान्य तन्दुरुस्त भए पनि थप उपचार आवश्यक भएको बताइएको छ ।

जेनजी आन्दोलनपछि देउवा सार्वजनिक रूपमा नदेखिएका थिए । तर असोज २८ गते उनी पार्टीको केन्द्रीय कार्यालय पुगेका थिए र सोही दिन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति तोकेका थिए ।

स्रोत अनुसार, देउवा दम्पती सिंगापुरमा केही समय बस्दै उपचार र स्वास्थ्य परीक्षणमा केन्द्रित रहनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ११, मंगलवार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP