मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अतिरिक्त समयमा चम्कियो अर्जेन्टिना, स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनलमा

442
SHARES
अतिरिक्त समयमा चम्कियो अर्जेन्टिना, स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को उपाधि रक्षा अभियानलाई निरन्तरता दिँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै साविक विजेता अन्तिम चारमा पुगेको हो ।

खेलको सुरुआतमै अर्जेन्टिनाले अग्रता लिएको थियो । १०औँ मिनेटमा कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले सशक्त हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।

पहिलो हाफमा अर्जेन्टिनाले दबाब कायम राखे पनि थप गोल गर्न सकेन । दोस्रो हाफमा स्विट्जरल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै ६७औँ मिनेटमा बराबरी गोल गर्‍यो । रिकार्डो रोड्रिगेजको पासमा डान एनडोयेले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याए ।

तर ७२औँ मिनेटमा ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसपछि अर्जेन्टिनाले लगातार आक्रमण गरे पनि निर्धारित ९० मिनेटभित्र निर्णायक गोल ननिस्किएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

अतिरिक्त समयमा अर्जेन्टिनाले आफ्नो अनुभव र आक्रमण क्षमता देखायो । जुलियन अल्भारेजले डिबक्स बाहिरबाट गरेको शानदार प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले पुनः अग्रता बनायो । त्यसपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

यससँगै अर्जेन्टिना इतिहासमा सातौँ पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाले इंग्ल्यान्डको चुनौती सामना गर्नेछ ।

तीन पटक विश्वकपको उपाधि जितिसकेको अर्जेन्टिना तीन पटक उपविजेतासमेत बनेको टोली हो । यस संस्करणमा पनि टोली लगातार प्रभावशाली प्रदर्शन गर्दै पुनः विश्व च्याम्पियन बन्ने लक्ष्यतर्फ अघि बढिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २८, आईतवार ०६:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP