मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बीपी स्मृति दिवस आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

3.3K
SHARES
बीपी स्मृति दिवस आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपालको राजनीतिक, साहित्यिक र वैचारिक इतिहासमा अमिट छाप छोडेका विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा आज ४३औँ बीपी स्मृति दिवस मनाइँदैछ ।

प्रजातन्त्रका निम्ति दीर्घ संघर्ष गरेका बीपी कोइरालाको निधन २०३९ सालको साउन ६ गते भएको थियो । यही दिनलाई स्मरण दिवसको रूपमा मनाउँदै आइएको छ । नेपाली कांग्रेसले पार्टी कार्यालय तथा विभिन्न स्थानमा श्रद्धाञ्जलिसभा, विचार गोष्ठीलगायत कार्यक्रमहरू आयोजना गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार भ्रातृ संस्थाहरूले पनि छुट्टाछुट्टै कार्यक्रम गर्दै छन् ।

यसै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा प्रधानमन्त्री निवास, बालुवाटारमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह आयोजना गरिएको पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए ।

बीपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भारतको वाराणसीमा भएको थियो । उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् । २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत हासिल गरेपछि २०१६ साल जेठमा उनी प्रधानमन्त्री बने ।

उनको नेतृत्वमा सुरु भएको भूमिसुधार कार्यक्रम ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने मूल मन्त्रसहित र बिर्ता उन्मूलन अभियान आज पनि ऐतिहासिक महत्व बोकेको छ ।

तर, विसं २०१७ पुस १ गते राजा महेन्द्रले संविधान खारेज गरी सेनाको शक्तिको आडमा निर्वाचित सरकार अपदस्त गरेपछि बीपीसहित अन्य नेताहरूलाई बन्दी बनाइयो । एक महिनापछि उनीहरूलाई सुन्दरीजलको एउटा बन्दीगृहमा सारियो, जहाँ कठोर निगरानीमा राखिएको थियो ।

स्वास्थ्य कारण जेलमुक्त भई भारत पुगेका कोइरालाले ८ वर्ष निर्वासनमा बिताए । निर्वासनकालमा पनि उनले प्रजातन्त्र र राष्ट्रिय एकताका मुद्दा छोडेनन् । अन्ततः उनले २०३३ पुस १६ मा ‘राष्ट्रिय मेलमिलाप’ को नीति लिएर नेपाल फर्कने निर्णय गरे, यद्यपि उनीमाथि ज्यान मुद्दासमेत लागु थिए ।

बीपी कोइरालाको मेलमिलापको नीति आजका सन्दर्भमा अझै अर्थपूर्ण देखिन्छ, जब मुलुक पुनः ध्रुवीकरणको सामना गरिरहेको छ ।

राजनीतिक योगदानका अतिरिक्त, बीपी कोइराला नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादका प्रवर्तक पनि हुन् । ‘सुम्निमा’, ‘‘नरेन्द्रदाइ’, ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’ जस्ता उपन्यासमार्फत उनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेका थिए ।

त्यस्तै, कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ पनि उनको विचारशील र संवेदनशील मनोविज्ञानको प्रतिबिम्ब हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ६, मंगलवार ०५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP